कर्मचारी समायाेजनमा संघमै परे स्वास्थ्यका सात उपसचिव
काठमाडाैं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको उपसचिवहरूको समायोजन सूची अनुसार स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयका सात उपसचिव संघमा परेका छन्।
बिहीबार सार्वजनिक सूची अनुसार स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव रामहरि लामिछाने, बाबुराम खनाल, भक्तराज जोशी र लीलाराज पौडेल संघमा परेका हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका टेकराज अर्याल, स्वास्थ्य सेवा विभागका महेश पाण्डे र स्वास्थ्य निर्देशनालय कास्कीकी उमा गौतम कोइराला पनि संघमै परेका छन्।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार