कर्मचारी समायाेजनमा संघमै परे स्वास्थ्यका सात उपसचिव
काठमाडाैं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको उपसचिवहरूको समायोजन सूची अनुसार स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयका सात उपसचिव संघमा परेका छन्।
बिहीबार सार्वजनिक सूची अनुसार स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव रामहरि लामिछाने, बाबुराम खनाल, भक्तराज जोशी र लीलाराज पौडेल संघमा परेका हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका टेकराज अर्याल, स्वास्थ्य सेवा विभागका महेश पाण्डे र स्वास्थ्य निर्देशनालय कास्कीकी उमा गौतम कोइराला पनि संघमै परेका छन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित