फिलिपिन्सको राजधानीमा दादुरा ‘महामारी’
फिलिपिन्सको राजधानी मनिलामा दादुरा फैलिएपछि ‘महामारी’ घोषणा गरिएको छ। सरकारी अधिकारीले मनिलामा दादुरा महामारीको घोषणा गरेका हुन्।
तीव्र गतिमा दादुरा भाइरसको संक्रमण बिस्तार भएपछि महामारीकै अवस्था घोषणा गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेब्रअरी २ सम्ममा कम्तीमा ८६१ जनामा दादुराको संक्रमण भएको फिलिपिन्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमण हुनेमा अधिकांश बालबालिका छन्।
अहिलेसम्म संक्रमणका कारण झण्डै ५० जनाको ज्यान गएको छ र त्यसमा अधिकांश बालबालिका छन्। दादुराविरुद्धको खोप नलगाएका २० लाख भन्दा बढी बालबालिका जोखिममा रहेको सरकारले जनाएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने