Health TV Online
Health TV Online
Health TV Online

आँखा शिविरमा २३५ जनाले गराए जाँच

आँखा शिविरमा २३५ जनाले गराए जाँच

म्याग्दी : मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मंगला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ जनाले लाभ लिएका छन्।

म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।

शिविरबाट तीन विद्यार्थीको आँखामा समस्या देखिएका पहिचान भएपछि आँखा उपचार केन्द्र म्याग्दीमा सिफारिश गरिएको र एक हप्ताभित्रमा पावरवाला चश्मा निःशुल्क वितरण गरिने केन्द्रका प्राविधिक स्वास्थ्यकर्मी दिनेश बानियाँले जानकारी दिए।

म्याग्दी जेसीजका शाखा अध्यक्ष खम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले औजार हस्तान्तरण गरी शिविरको उद्घाटन गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार