न्याम्सको उपकुलपतिमा प्रा.डा. डीएन शाह
काठमाडाैं : चिकित्सा राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा प्रा.डा. डीएन शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपकुलपतिका लागि सिफारिसमा परेका तीनजनामध्ये पहिलो नम्बरमा रहेका प्रा.डा. शाहलाई नियुक्त गरेको हो।
यसअघि उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्रीको संयोजकत्वमा गठन भएकाे समितिले असोजमा तीनजनाको नाम सिफारिस गरेको थियो। छनोट समितिले एक नम्बरमा डा. डीएन शाह, दुईमा डा. ढुण्डी पौडेल र तीनमा डा. अजित रायमाझीको नाम सिफारिस गरेको थियो।
यसअघि न्याम्स भित्रैबाट उपकुलपति नियुक्ति गर्ने प्रचलन भए पनि यसपटक न्याम्सभन्दा बाहिर कार्यरत रहेकालाई भीसी नियुक्त गरिएको हो।
लामो समयसम्म शिक्षण अस्पतालमा काम गरेका डा. शाह हाल ग्राण्डी अस्पतालमा कार्यरत छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’