Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकको दरबन्दी केन्द्रअन्तर्गत राख्न संघकाे माग

चिकित्सकको दरबन्दी केन्द्रअन्तर्गत राख्न संघकाे माग

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा चिकित्सकको दरबन्दी संघअन्तर्गत नै राखेर प्रदेश र स्थानीय तहमा खटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गरेको छ।

स्वास्थ्य सेवाजस्तो अति संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकको ज्ञान, क्षमता र वृद्धि विकासका लागि संघमा आउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा पुल दरबन्दी कायम गरी प्रदेश तथा स्थानीय तहको आवश्यकताअनुसार निश्चित समयावधिका लागि काज खटाउने व्यवस्था सुनिश्चित गरेर मात्र समायोजनको प्रक्रिया अगाडि बढाउन संघले मंगलबार विज्ञप्तिमार्फत मन्त्रालयको ध्यानाकर्षण गरेको हो।

सङ्घका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा स्थानीय तथा प्रदेशिक संरचनाअनुसार स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा सरुवा हुन पाउनुपर्ने प्रावधानको व्यवस्था गरी स्थानीय तह तथा प्रादेशिक तहमा चिकित्सकलाई पठाउन अनुरोध गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार