कर्मचारी अभावले सञ्चालनमा आएन सामुदायिक स्वास्थ्य इकाइ
बैतडी : कर्मचारी अभावमा सुर्नया गाउँपालिका ८ ढोलेस्थित सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको छैन।
वडा नम्बर ८ का ढोले र दोराका स्थानीयबासीलाई नजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण गरिए पनि कर्मचारी अभावले भवन प्रयोगविहीन भएको हो। वडा कार्यालयको गत आर्थिक वर्षको ५ लाखको लागतमा भवन निर्माण गरिएको थियो।
साउनबाटै कार्यालय सञ्चालन गर्ने भनिए पनि कर्मचारीको अभावमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आउन नसकेको शिखरपुर स्वास्थ्यचौकीका इन्चार्ज वीरबहादुर बोहराले जानकारी दिए।
कर्मचारीको व्यवस्थापनका लागि गाउँपालिकालाई आग्रह गरेको तर अहिलेसम्म सुनुवाइ नभएको स्वास्थ्यचौकीका इन्चार्ज बोहराको भनाइ छ। २४ सै घण्टा प्रसूति सेवा दिने र अन्य आधारभूत स्वासथ्य सेवा प्रदान गर्ने उद्देश्यसहित सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण गरिए पनि सञ्चालनमा नआउँदा स्थानीयबासी निराश भएका छन्।
नजिकै स्वाथ्य संस्था नहुँदा उनीहरूले ३र४ घण्टा हिडेर स्वास्थ्य सेवा लिनु परेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण