अवैध औषधि पसल खोलेर बिरामी जाँच्ने भारतीय नागरिक पक्राउ
झापा : सीमावर्ती बजारमा अवैध रूपमा औषधि पसल खोलेर बिरामी जाँच्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारत विहारस्थित किशनगञ्ज जिल्ला राजाग्राम बस्ने ३२ वर्षीय सागर सिंह पक्राउ परेको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
सिंहले दक्षिणी झापाको कचनकवल गाउँपालिका २ पथरीया बजारमा औषधि व्यवस्था विभागको अनुमतिपत्र बिना औषधि पसल खोलेका थिए। उनले भारतबाट अवैध रूपमा औषधि ल्याउने गरेका थिए। नेपालमा बिरामी जाँची उनीहरूलाई बिक्री गर्दै आएका थिए।
सिंहलाई कारबाहीका लागि विराटनगरस्थित औषधि व्यवस्था विभागमा प्रहरीले पठाएको जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण