बालककाे मृत्युपछि आफन्तद्वारा अस्पतालमा ताेडफाेड
काठमाडौं : उपचारका क्रममा अढाइ वर्षीय बालकको मृत्यु भएपछि आफन्त र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका छन्।
आइतबार राति करिब १० बजे अस्पताल तोडफोड भएको प्रहरी कार्यालय झापाले जनाएको छ। आक्रोशित समूह अस्पताल तोडफोडमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गी लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले जानकारी दिए।
तोडफोडबाट अस्पतालको तल्लो कोठामा केही क्षति पुगेको जनाइएको छ। रातिदेखि नै अस्पताललाई सुरक्षा प्रदान गर्दै आइरहेको छ।
मेचीनगर नगरपालिका–४ चारआलीका दुई वर्ष पाँच महिनाका जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि आक्रोशित आफन्त र छिमेकीले अस्पताल तोडफोड गरेका हुन्। झाडापखला लागेका जेनितलाई उपचारका लागि साँझ ७ बजे अस्पताल ल्याइएको थियो।
आकस्मिक कक्षमा उनलाई नर्सले इन्जेक्नन दिएकी थिए। केही समयपछि मृत्यु भएको आफन्तको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण