स्वास्थ्य शिविरमा १५ जनाकाे माेतियाविन्दु शल्यक्रिया
दमौली : नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भानु नगरपालिका–१३ ठूल्ढुङ्गामा आयोजना गरेको स्वास्थ्य शिविरमा १५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
शहीद दिवसको अवसरमा सोसाइटीले मंगलबार र बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको शाखाका सभापति कृष्णहरि वाग्लेले जानकारी दिए।
‘भूकम्प प्रभावित समुदायका अपांगता भएका व्यक्तिका लागि सशक्तीकरण र समावेशीकरण कार्यक्रम’ अन्तर्गत भक्तपुरस्थित बीपी नेत्र प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त शिविरमा पाँचजनाको कानको शल्यक्रिया गरिएकाे थियाे।६० जनालाई चश्मा र चारलाई श्रवणयन्त्र प्रदान गरिएको थियो।
शिविरमा ७७५ जनाले स्वास्थ्य सेवा लिएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण