‘स्वदेशी औषधि उद्योगलाई प्रवर्धन गर्न संशोधन गर्नुपर्छ पुराना कानुन’
काठमाडौं: देउराली जनता फर्मास्युटिकल्स प्रालिका अध्यक्ष हरिभक्त शर्माले स्वदेशी उद्योगलाई प्रवर्धन गर्न पुराना कानुन संशोधन गर्नुपर्ने बताए।
देउराली जनता फर्मास्युटिकल्सको २८ औं वार्षिकोत्सवका अवसरमा उद्योग परिसर धापासीमा भएको कार्यक्रममा शर्माले स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्न राजाका पालामा बनेका र अहिले समय सामयिक नहुने कानून संशोधन गर्नपर्ने बताएका हुन्।
शर्माले स्वदेशी औषधि कम्पनीलाई विदेशमा समेत शाखा खोल्ने वातावरण बनाउन सरकारलाई अपिल गरे । उनले भने, ‘हामी विभिन्न देशमा शाखा खालेर काम गर्न तयार छौं। त्यसको लागि वातावरण बनाउने काम सरकारको हो।’
आफ्नै देशमा बन्ने औषधिहरु खुला रुपमा भारतबाट ल्याएर बेच्ने गरिएको भन्दै तत्काल त्यसलाई रोकेमा मात्र स्वदेशी औषधि उद्योग फस्टाउने उनको भनाइ छ ।
कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले देउराली जनता फर्मास्यूटिकलले नेपाली औषधि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । उनले औषधि उद्योगलाई प्रवर्धन गर्न आफूले पहल गर्ने प्रतिवद्धता समेत दिए । कार्यक्रममा लामो समयदेखि कम्पनीमा कार्यरत कर्मचारीलाई सेवा पदक तथा पुरस्कार प्रदान गरिएको थियो। ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’