Health TV Online
Health TV Online
Health TV Online

चितवनमा २६ जनामा डेङ्गु सङ्क्रमण

चितवनमा २६ जनामा डेङ्गु सङ्क्रमण

चितवन : जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेङ्गु देखिएकामध्ये ११ चितवनका छन्। अन्य छिमेकी जिल्लाको रहेको उनले बताए। योअवधिमा एक हजार ३७० जनाको परीक्षण गरिएको थियो।

गत आर्थिक वर्षमा ५९ मा डेङ्गु देखा परेको थियो,  जसमध्ये ३२ चितवनका रहेको केसीले बताए। गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेङ्गुका कारण मृत्यु भएको थियो।

डेङ्गु नियन्त्रणका लागि यही माघ १४ गतेबाट इपिडिमियोलोजी महाशाखा र रत्ननगर नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ।

‘एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने चिकित्सकहरू बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार