Health TV Online
Health TV Online
Health TV Online

पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, डा. केसीकाे माग पूरा गर्दा कसैकाे हार हुँदैन

पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, डा. केसीकाे माग पूरा गर्दा कसैकाे हार हुँदैन

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा गर्न ढिला भइसकेको प्रतिक्रिया दिएकी छिन्।

बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनशनस्थल पुगेकी कार्कीले डा.केसीलाई केही भए तीन करोड नेपालीको भावनामा प्रहार हुने भन्दै उनीसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गरिन्।

उनले आमरण अनशनरत डा.केसीको माग पूरा गर्नुको विकल्प नभएको बताइन्। पूर्वप्रधानन्यायाधीश कार्कीले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन्। ‘डा. केसी एक सन्यासी भएकाले उहाँको माग पूरा गर्दा कसैको हार हुँदैन सबैको जित नै हुन्छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि यो कुरा राम्रोसँग बुझ्नुभएको छ जस्तो लाग्छ।’

कार्कीले सरकारले थोरै मागलाई अड्काएर जिद्दी गरेको आफूले बुझ्न नसकेको प्रतिक्रिया दिइन्। उनले डा. केसीलाई माग पूरा हुन्छ भन्ने ढाडससमेत दिएकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार