बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलकाे प्रायाेजन
काठमाडौं : ‘बी’ डिभिजन क्लब बाँसबारीलाई कालिमाटी स्थित स्पार्क हेल्थ होम हस्पिटलले प्रायोजन गरेको छ। स्पार्क हस्पिटलले बाँसबारी क्लबलाई एक वर्षका लागि आठ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको हो।
मंगलबार बाँसबारी र स्पार्क बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा क्लबका अध्यक्ष प्रेम थापा र अस्पतालका निर्देशक रूपेश अधिकारीले हस्ताक्षर गरे। क्लबका अध्यक्ष प्रेम थापाले स्पार्क हस्पिटलको प्रायोजनले ‘बी’ डिभिजन लिग खेल्न क्लबलाई धेरै राहत दिएको बताए । हस्पिटलका निर्देशक अधिकारीले पनि ‘बी’ डिभिजन क्लब बाँसबारी’सँग जाेडिन पाउँदा खुशी लागेकाे बताए।
सम्झौतासँगै क्लबले स्पार्क हस्पिटलको लोगो अङ्कित जर्सीको प्रयोग गर्नेछ। ‘बी’ डिभिजन लिग यही माघ २५ गतेदेखि हुँदैछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण