Health TV Online
Health TV Online
Health TV Online

पूर्वयुवराज शाहको स्वास्थ्यमा क्रमिक सुधार

पूर्वयुवराज शाहको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं:  पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। शाहको अवस्था सुधार हुँदै गएको र विहिबारसम्म डिस्चार्ज हुनसक्ने अस्पतालले जनाएकाे छ । मंगलबार पत्रकार सम्मेलन गरेर  शाह खतरामुक्त रहे पनि ७२ घण्टा निगरानीमा राख्नपर्ने अस्पतालले जानकारी दिएकाे हाे ।

हृदयघात भएर नर्भिक अस्पतालमा साेमबार अपराह्न भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको थियो।  एन्जियोप्लास्टीमार्फत उनकाे मुटुको भल्ब खोलिएकाे हाे। स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले पत्रकार सम्मेलनमा जानकारी दियाे ।

शाहकाे उपचारमा संलग्न मुटुराेग विशेषज्ञ  प्रा.डा यादवदेव भट्टले शाह मुटुको मुख्य नशा पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको बताए ।

पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको डा.भट्टले बताए ।

३ वर्ष अघि उनलाई ह्दयघात भएपछि आइसीडी मेशिन राखिएको थियो। जसले सर्डन अट्याक लाई रोक्ने काम गर्छ।

उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट, डा. जेपी जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा.प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

पारसका बुबा पूर्वराजा ज्ञानेन्द्र शाह भने सिमरामा छन्। छोरा अस्पताल भर्ना भएको थाहा पाउनेबित्तिकै पूर्वरानी कोमल शाह भने सिमराबाट आएर छोरालाई भेटेकी छिन्।

श्रीमती हिमानी र छोराछोरी थाइल्याण्डमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार