श्रीलंकामा डेंगुले दुईजनाको मृत्यु, ३७ सय प्रभावित
डेंगुका कारण श्रीलंकामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।
यही जनवरीको पहिलो तीन हप्तामा देशभर फैलिएको डेंगुबाट प्रभावितहरूको विवरण अधिकारीहरूले मंगलबार सार्वजनिक गरेका हुन्।
इपिडिमियोलोजी इकाइले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ।
प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन्। त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधोपचारको आवश्यकता रहेको बताएका छन्। बिरामीहरुमा उच्च ज्वरो, लगातार बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरूले बताएका छन्।
गत वर्ष पनि श्रीलंकामा डेंगुका कारण ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल