Health TV Online
Health TV Online
Health TV Online

चितवनमा पेरियो एस्थेटिक लेजरसम्बन्धी दुईदिने सेमिनार सम्पन्न

चितवनमा पेरियो एस्थेटिक लेजरसम्बन्धी दुईदिने सेमिनार सम्पन्न

काठमाडौं : ​साइराम डेन्टल केयर, नारायणगढ चितवनको आयोजनामा पेरियो एस्थेटिक लेजर सम्बन्धी सेमिनार चितवनमा सम्पन्न भएको छ।  ४० दन्त चिकित्सक सहभागी दुईदिने  सेमिनारमा विशेषज्ञ डा. रिचा कपुरले प्रशिक्षण दिएकी थिइन्।

साइराम डेन्टल केयरकी प्रबन्ध निर्देशक डा. सरु थापाले परम्परागत तरिकाबाट भन्दा पेरियो एस्थेटिक लेजर पद्धतिबाट उपचार गर्दा बढी सफलता मिल्ने दाबी गरिन्। उनले भनिन् ,’उक्त प्रविधिमा आधारित उपचार सेवा सेमिनार पश्चात नियमित रुपमा साइराम डेन्टल केयर नारायणगढबाट उपलब्ध गराउन हामी उत्सुक छाैं’।

रत्ननगर अस्पताल, चितवनका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन डा. अजय न्यौपानेले यो पद्धति नयाँ, अत्याधुनिक भएकाले सम्पूर्ण उमेर समूहका बिरामीलाई उपयोगी र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

पेरियो लेजर पद्धतिबाट गिजालगायत मुखको विभिन्न अपरेशन र उपचार छोटो समयमै सम्पन्न गर्न सकिने, दुखाइ निकै कम हुने, अपरेशनमा रगत नबग्ने दाबी विशेषज्ञहरूले गरे। अप्रेसनपश्चात् सुन्निने, दुख्ने समस्या कम हुने र अप्रेसन गरेको भाग पनि चाँडै नै निको हुने जानकारी कार्यक्रममा दिइयाे। यस्तो खालको  सेमिनार काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार