रातारात हटाइयाे चिकित्सककाे रिले अनशनस्थलकाे टेन्ट : अस्पताल भन्छ, हामीले हाेइन
शान्तिपूर्ण आन्दोलनलाई दबाउन खोजेकाे संघकाे आराेप
काठमाडौ : अनशनरत डा.गोविन्द केसीको मागलाई समर्थन गर्दै सोमबारदेखि त्रिवि शिक्षण अस्पतालमा रिले अनशन शुरु गरेका चिकित्सक बस्ने टेन्ट रातारात हटाइएको छ।
अस्पतालले हिजै प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल परिसरमा धर्ना, प्रदर्शन अनशन जस्ता कार्य नगर्न अपिल गरेको थियो।
अस्पतालमा आउने बिरामीलाई समस्या पर्ने भन्दै अनशन नबस्न अपिल गरिएको भए पनि आफूहरुले टेन्ट ननिकालेको अस्पतालले जनाएको छ।
यस विषयमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले गृह मन्त्रालयको आदेश भन्दै प्रहरीले टेन्ट हटाएको बताए ।
शान्तिपूर्ण आन्दोलनलाई दबाउन खोजिएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘टेन्ट हटाए पनि हामी खुला चौरमा बसेर भए पनि अनशन जारी राख्छौँ’, उनले भने।
मंगलबार डा. केसीको अनशन २१औँ दिन हो। लामो समयको अनशनका कारण उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारलाई वार्ताका लागि दबाब दिन संघले सोमबारदेखि देशभरका चिकित्सकलाई रिले अनशन बस्न आह्वान गरेको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’