Health TV Online
Health TV Online
Health TV Online

डा. दिव्या भन्छिन्, मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको मनोबल डा. केसीको विज्ञप्तिले गिर्यो

डा. दिव्या भन्छिन्, मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको मनोबल डा. केसीको विज्ञप्तिले गिर्यो

काठमाडौं: वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा डा. दिव्या सिंह शाहले डा गोविन्द केसीको प्रेस विज्ञप्तिप्रति आपत्ति जनाएकी छिन्। आइतबार डा. शाहले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा. केसीले मिर्गौला प्रत्यारोपण गरेका सम्पूर्ण बिरामीको मनोबल गिराएको बताएकी हुन्।

‘मिर्गौला प्रत्यारोपण गर्दा वा त्यसपछि खाने कुनै पनि औषधिले बिरामीको मानसिक अवस्था वा निर्णय गर्ने क्षमतामा असर गर्दैन। खै डा. केसीले कसरी यस्तो कुरा उठाउनु भयो’, उनले प्रतिप्रश्न गरिन्।’

‘उहाँका सबै माग जायज छन्, तर कसैको स्वास्थ्य अवस्थाबारे यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो’, डा. केसीका हरेक अनसशनका वेला मेडिकल टिममा रहेकी डा. दिव्याले भनिन्, ‘उहाँको याे भनाइले अरु बिरामीको समेत मनोबल गिरेको छ।’

सरकारले सँग आफूसँग गरेको सम्झौताविपरीत शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा. केसीले  पत्रकार सम्मेलन गरी मिर्गौला प्रत्यारोपण गरेपछि लगातार औषधि सेवन गरेकाले प्रधानमन्त्रीकाे निर्णय क्षमतामा ह्रास आएकाे टिप्पणी गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार