विधेयककाे विराेधमा विवेकशील र नेविसंघकाे प्रदर्शन
काठमाडौं : अनशनरत डा. गोविन्द केसीका सबै माग नसमेटिएको भन्दै विवेकशील साझा पार्टी र नेपाल विद्यार्थी संघले प्रदर्शन गरेका छन्।
१५औँ अनशनका वेला डा. केसीसँग गरेको सम्झौताविपरीत विधेयक पारित गरेको भन्दै साझा पार्टीले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रर्दशन गरेको हो।
नेविसंघले पनि सरकारविरुद्ध बानेश्वरलगायत स्थानमा प्रदर्शन गरेको छ। यसअघि बिहान राजधानीको पशुपति क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरे।
आफ्ना स्वर्गीय नेताका नाममा स्थापना भएका अस्पताललाई खारेज गर्न लागेको र चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघ आन्दोलनमा उत्रिएको हो।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’