औषधालय बनाउन जग्गादान
पर्वत : विकट गाउँमा सञ्चालित आयुर्वेद औषधालय निर्माणका लागि स्थानीय बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन्। पर्वतको मोदी गाउँपालिका ७ राम्जा देउरालीमा रहेको आयुर्वेद औषधालय बनाउन स्थानीयले जग्गादान गरेका हुन्।
२०७२ सालमा स्थापना भएको औषधालयको आफ्नै जग्गा र भवन नभएका कारण स्थानीयले भवन बनाउन जग्गादान गरेका हुन्। मोदी–७ का छ जनाले औषधालय निर्माणका लागि चार रोपनी जग्गादान गरेका हुन्।
राम्जा पँधेरापारीका यदुप्रसाद पौडेलले दुई रोपनी नौ आना तीन पैसा दुई दाम, पार्वती शाहीले १५ आना दुई पैसा एक दाम, बिजुला शर्माले दुई आना एक पैसा दुई दाम र र यमनाथ पौडेल, सुननारायण पौडेल, जीवनाथ शर्मा र यदुप्रसाद पौडेलले पनि संयुक्त जग्गामध्येको चार आना जग्गादान गरेको राम्जादेउराली आयुर्वेद औषधालयका प्रमुख कविराज प्रकाशचन्द्र सुवेदीले जानकारी दिए।
सञ्चालन तथा व्यवस्थापन समितिको निरन्तर प्रयास, जनप्रतिनिधिको चासो र स्थानीयवासीको सक्रियतामा संस्थाका नाममा जग्गा पास गरिएको सुवेदीले बताए। भवन मागका लागि माथिल्लो निकायसम्म पहल शुरु भएको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष वसन्तकुमार गुरुङले बताए।
भवन बनेपछि औषधालयमा उपचार कक्ष, औषधि भण्डारण कक्ष, पञ्चकर्म कक्ष, पञ्चकर्म कक्ष, पूर्वकर्म कक्ष स्टिम बाथ, शिरोधारा, व्यायाम सेवा प्रदान गर्न सकिने सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’