अनशनरत थापालाई पनि काठमाडौं ल्याइँदै
भद्रपुर : चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु पारित गर्नुपर्नेलगायत मागसहित आठ दिनअघि आमरण अनशन सुरु गरेका विद्यार्थी विजय थापालाई काठमाडौं ल्याइँदैछ।
स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले उनलाई पनि काठमाडौं लग्न लागिएको हो। गएराति प्रा.डा. केसीसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा लगिएको थियो।
चन्द्रगढी विमानस्थल ल्याइपुर्याएपछि डा. केसीको स्वास्थ्य अवस्था झन् जटिल बनेपछि तत्कालै उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो।
थापालाई बिहान भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखी अहिले काठमाडौं ल्याउन लागिएकाे हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’