ग्यास्ट्रिक छ?, अपनाउनुस् यी उपाय
नेपालमा धेरै मानिस ग्यास्ट्रिकको समस्याले पीडित छन्। अस्वस्थ खानपान र खाली पेटका कारण ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ।
ग्यास्ट्रिकबाट मुक्ति पाउन मानिसहरू विभिन्न ठाउँमा धाउँछन् तर घरायसी उपचारले नै ग्यास्ट्रिक रोगमा फाइदा पुग्छ।
ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ। लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ।
धूमपान, मद्यपान गर्नुहुँदैन। प्याकेटमा बन्द खानेकुराहरू सकभर नखाएकै राम्रो।
बढी पिरो, अमिलो, सिसीमा गालेको अचार, मसलेदार तरकारी अदिबाट जोगिनुपर्छ।
बिहान उठ्नेबित्तिकै लसुनका दुई–तीनवटा पोटी खानु राम्रो मानिन्छ। यसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्छ।
पेटमा धेरै ग्यास भएका वेला कागतीपानी पिउनु राम्रो हुन्छ। यसले ग्यास हटाउँछ। पेट फुल्न दिँदैन।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड