चिसाेमा झन् बढ्छ बाथकाे समस्था, बच्न अपनाउनुस् यी उपाय
बाथ ‘अटो इम्युन डिजिज’ हो। यो रोगमा जोर्नीहरूमा समस्या देखापर्छ। समयमा नै उपचार नगरे बाथरोगले अपाङ्गतासमेत निम्त्याँछ।
बाथका रोगीलाई जाडोमा अझ बढी सताउँछ। जाडो बढे सँगै बिरामीहरू थप समस्या लिएर अस्पताल आउने गर्छन्। जाडोमा बढी चिसोका कारण बिहान उठ्दा विशेषगरी हात र जोर्नीहरु अररो हुने समस्या हुन्छ। बाथका रोगिलाई घाम नलागेसम्म यस्तो समस्या देखिन्छ र विस्तारै घाम लागेसँगै हात खुट्टा चलाउन सजिलो हुन्छ। त्यसो त अन्य समयमा पनि यस्ता रोगीलाई समस्या नहुने होइन तर चिसो बाथका रोगीलाई अत्यन्त कठिन हुने मौसम हो। त्यसैले बाथका रोगीले यो वेला विशेष सावधानी अपनाउनु पर्छ।
जाडो सुरु भएसँगै आउने जटिलतालाई कसरी कम गर्न सकिन्छ भनेर चिकित्सकलाई भेट्नुपर्छ र उनीहरूको सल्लाहबमोजिम औषधी नियमित खानुपर्छ।
यो सँगै बिरामीले जाडोमा पानी खान बिर्सन्छन् जसले गर्दा अनेक समस्या देखिन्छ। जाडो भयो भनेर पानी खान छोड्नु हुँदैन। मनतातो पानी खाइरहनुपर्छ। योसँगै तातो सुप खान सकिन्छ जसले शरीरलाई न्यानो दिनुको साथै उर्जा समेत दिन्छ।
अर्को महत्त्वपूर्ण कुरा प्रोटियुक्त र सन्तुलित खाना खानुपर्छ जसले गर्दा अन्य समस्या आउँदैन। यसैगरी चिसो छ भनेर शारीरिक व्यायाम गर्न छोड्न हुँदैन नियमित व्यायाम गर्दा जोर्नीहरू चलायमान हुन्छन् र बिरामीलाई सजिलो हुन्छ। जाडोमा बाथरोग बढ्ने समस्या हुन्छ। १० जनामध्ये सातदेखि आठजनाको बाथ जाडोको समयमा बढ्ने गर्छ। बाथरोग धेरै किसिमको हुन्छन्।
कुन व्यक्तिलाई कस्तो किसिमको बाथरोग छ र कुन किसिमको औषधी सेवन गर्दै आएको छ भन्ने कुराले फरक किसिमको समस्या आउन सक्छ। जाडोको समयमा या अझ बढी समस्या देखाउँछ। घाममा जाँदा गाला रातो हुने, पानीमा हात राख्दा हात सेतो, निलो भएर आउने हुन्छ। यसबाट बच्न सकेसम्म चिसो पानी नखेलाउने र शरीर न्यानो राख्ने गर्नुपर्छ। पानीमा काम गर्नैपरे हातमा पञ्जा लगाउनुपर्छ।
हेल्थ टिभी अनलाइनका दिवाकर तिमिल्सिनासँगकाे कुराकानीमा आधारित।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य