‘ट्रान्जिट पर्मिट’ले जडीबुटी निर्यातमा समस्या
बाँके : ‘ट्रान्जिट पर्मिट’का नाममा भारतले अनावश्यक झमेला गर्न थालेपछि जडीबुटी निर्यातमा समस्या आएको छ।
भारत उत्तर प्रदेशका वन विभागले लगाएको ट्रान्जिट पर्मिट, कस्टम, खाद्य प्रयोगशाला र प्लान्ट क्वारेन्टाइनलगायत जाँचका नाममा व्यवसायीलाई झमेलामा पार्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको नेपाल जडीबुटी व्यवसायी सङ्घ नेपालगञ्जले जनाएको छ।
सरकारले जडीबुटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति रहेको जनाइरहँदा सरकारी उदासिनताकै कारण जडीबुटी निर्यातमा समस्या भइरहेको व्यवसायीको गुनासो छ। रुपैडिहा नाकाबाट निर्यातका क्रममा झमेला हुन थालेपछि भारतको उत्तर प्रदेशअन्तर्गतकै सुनौली नाकाबाट निर्यातमा सहज देखिएको भन्दै नेपालगञ्जका धेरै व्यवसायीले सुनौली नाका प्रयोग गर्न थालेका छन्, जसका कारण नेपालगञ्जबाट रुपैडिया नाका हुँदै भारत निर्यात हुने जडीबुटीको मात्रा बर्सेनि घट्दै गएको छ।
एक दशक अघिसम्म वार्षिक ७० लाख किलो जडीबुटी याे नाकाबाट भारततर्फ निकासी हुने गरेकोमा हाल ज्यादै न्यून मात्र निर्यात हुने गरेको नेपाल जडीबुटी व्यवसायी सङ्घ नेपालगञ्जले जनाएको छ। सङ्घका अनुसार, यस नाकाबाट आर्थिक वर्ष २०७२\०७३ मा ४६ लाख ३८ हजार २१५ किलो जडीबुटी निकासी भएकाेमा २०७३\०७४ मा ४० लाख ५० हजार ६७४ किलो निकासी भएको थियो।
आर्थिक वर्ष २०७४\०७५ मा २७ लाख ५४ हजार २०० किलोमात्र जडीबुटी निकासी भएको सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलले जानकारी दिए। ट्रान्जिट पर्मिटका नाममा भारततर्फ अनावश्यक झमेला हुन थालेपछि जडीबुटी निर्यातमा कमी आएको उहाँको भनाइ छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’