यसरी पाउनुस् धूमपानकाे कुलतबाट छुटकारा
धूमपान स्वास्थ्यका लागि हानिकारक छ। यो कुरा सबैलाई थाहा छ तर, शिक्षित व्यक्ति नै धूमपान गरिरहेको भेटिन्छन्।
चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टार जस्ता स्वास्थ्यलाई हानि पुर्याउने रसायन पाइन्छ। यसको बानी प्राणघातक सावित हुन सक्छ।
तपाईँसँग इच्छाशक्ति छ भने धूमपान वा सुर्ती छाड्ने थुप्रै तरीका छन्–
तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस्।
तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस्।
आफूलाई सकेसमम व्यस्त राख्नुहोस्।
दिमाग एकोहाेराे भएका बेला धूमपान गर्न मन लाग्ने भएकोले मनपर्ने गीत सुन्ने, पुस्तक पढ्ने वा अन्य मन लाग्ने कृयाकलाप गर्नुहोस्।
लत लागेका तीनचार जनाले एकैचोटि धूमपान त्याग्ने निधो गरेमा सम्भव हुन्छ। लतलाई एकाएक त्याग्नुस्। भोलि या पर्सि छोड्छु भनेर दिन हेरेर नबस्नुस्। यसो गरे कहिले पनि धूमपान त्याग्न सकिँदैन।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य