सुविधासम्पन्न बन्दै सर्पदंश उपचार केन्द्र
बर्दिवास : महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न बन्रे क्रममा को छ।
केन्द्रमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र (अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर) ले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) को सहयोगमा दैनिक ७.२ युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएपछि उपचारका लागि उक्त केन्द्रलाई सहज भएको सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए।
सौर्य ऊर्जाका कारण बत्तीको अभाव पूर्ति हुनाका साथै औषधि भण्डारण सहज भएको केन्द्रले जनाएको छ। सौर्य ऊर्जा सञ्चय र प्रवाह गर्न १४.४ केडब्लुएचआर क्षमताका १२ भोल्टका १५० एम्पियरका आठ ब्याट्री जडान गरिएका छन्। केन्द्रमा जडित सौर्य ऊर्जामा पाँच केभीए क्षमताको इन्भर्टरले दुई हजार भोल्ट विद्युत् प्रवाह गर्ने अध्यक्ष देवकोटाले बताए।
सौर्य ऊर्जाको सञ्चित प्रकाशले बिरामीको उपचारमा प्रयोग गरिने सक्सेन एपार्टससमेत जडान भएपछि गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा निकै सहयोग पुगेको केन्द्रले जनाएको छ। नौ लाख रूपैयाँको लागतमा सौर्य ऊर्जा जडान भएपछि विद्युत् महशुल तिनुपर्ने मासिक १५ हजार रूपैयाँ बचत भएको छ ।
नियमित प्रकाश र भेन्टिलेटर सुविधासहितको सघन उपचारकक्षको आवश्यकता रहेकाेमा सौर्य ऊर्जा जडान भएपछि अब थप उपकरणका लागि सरकारको ध्यानाकर्षण गरेकाेकेन्द्रले जनाएको छ।
२०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको उपचार केन्द्रमा हालसम्म करिब दुई हजारले उपचार सेवा लिइसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण