सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण
म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमो सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण भएपछि साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपर्ने समस्या हटेको छ।
हाल वडा कार्यालय रहेको तत्कालीन नारच्याङ गाविसको भवनका दुई कोठामा स्वास्थयचौकी सञ्चालन हुँदै आएकाेमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको हो।
छकोठे एकतले नयाँ भवनमा ओपीडी, गर्भजाँच, भण्डारण, डे«सिङ, प्रशासन, बिरामी भर्ना र निर्मलीकरण गर्ने कक्ष छन्। प्रसूति सेवा पनि सञ्चालन गर्ने तयारी भएको स्वास्थ्यचौकी प्रमुख अर्जुन रानाले जानकारी दिए।
पोखरास्थित लायन्स क्लब अन्नपूर्णको रु ३६ लाखको सहयोगमा स्वास्थ्यचौकी निर्माण गरिएको हाे। क्लबले अमेरिका–नेपाल मेडिकल फाउण्डेसनमार्फत भवन बनाउन सहयोग जुटाएको जनाएको छ ।
स्वास्थ्यचौकी निर्माणका लागि तत्कालीन नारच्याङ गाविसले करिब नौ लाख रूपैयाँ खर्च गरेर तीन रोपनी जग्गा खरिद गरेकामा अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७४\७५ पाँच लाख रूपैयाँ उपलब्ध गराएर जग्गा सम्याएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण