अनिन्द्राको असर : उच्च रक्तचापदेखि मधुमेहसम्म

अनिन्द्रा आफैँमा शारीरिक समस्या हो। यसले शारीरिक तथा मानसिक समस्या पनि ल्याउँछ। यी हुन् अनिन्द्राका असर–
मानसिक समस्या
अनिन्द्राले मानसिक समस्या निम्त्याउँछ। निरन्तरको अनिन्द्राका कारण स्मरण शक्तिसमेत कमजोर हुन्छ।
अनिन्द्राको समस्याले चिडचिडाहट, बढी रिस उठ्ने जस्ता समस्या पनि निम्तिन्छ जसले जीवनशैली र दैनन्दिनमै अवरोध निम्तिन्छ।
अनिन्द्राको समस्याले कुनै पनि काममा जाँगर नलाग्ने, जतिबेला पनि ‘झप्के निन्द्रा’ लागिरहने, भोक लाग्ने समस्या पनि आउँछ।
मधुमेह
अनिन्द्राले विभिन्न हानिकारक हर्मोन उत्पादन गर्छ। शरीरमा चिनीको मात्रा वृद्धि गर्छ। त्यसैकारण यस्तो समस्या भएका मानिस मधुमेहको उच्च जोखिममा हुन्छन्।
उच्च रक्तचाप
अनिन्द्राले रक्तचापलाई पनि अयिन्त्रित बनाउँछ। यसले उच्च रक्तचापको समस्या पनि निम्त्याउँछ। अनिन्द्राले मुटुरोगको जोखिम पनि बढ्छ।
पेटको समस्या
अनिन्द्राले पेटमा विभिन्न खालका समस्या निम्त्याउँछ। अनिन्द्राको समस्याले पाचन प्रक्रियालाई समेत सुस्त बनाउँछ। यसले अपच र पेटसम्बन्धी अन्य विभिन्न समस्या ल्याउँछ।
एजेन्सीकाे सहयाेगमा
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल