Health TV Online
Health TV Online
Health TV Online

अाैषधि खानै मान्दैनन् एचआर्इभी सङ्क्रमित

अाैषधि खानै मान्दैनन् एचआर्इभी सङ्क्रमित

डोटी : पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआर्इभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता भए पनि केही महीनादेखि औषधि सेवन छाडेकी छिन्। उनी आफ्नो रोग निको भइसकेकाले अब सँधै औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने बताउँछिन्।

एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको सङ्क्रमण हुन थालेको छ। उनीजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्दै आएका छन्। औषधि सेवन गर्दागर्दै कैयौँ सङ्क्रमितको मृत्यु भएका कारण पनि औषधि खाएर केही राम्रो हुँदैन भन्ने नकारात्मक सन्देश गएकाे चिकित्सकहरू बताउँछन्।

पछिल्लो समयमा यस्तो समस्या देखिएको डोटी जिल्ला अस्पतालका डा. गिरीश अवस्थी बताउँछन्। ‘लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको पाइयो’, उनले भने। सङ्क्रमितलाई एआरटीको महत्त्वबारे जानकारी नभएका कारण बीचमै सेवन गर्न छाड्ने बताउँछन्, अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. भूषण मिश्र ।

जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कविहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार