जाडोमा रगत तथा मुटुसम्बन्धी समस्याबाट जोगिन अपनाउनुस् यी उपाय
जाडोयाममा रक्तधमनीहरू खुम्चिने कारण मुटुसम्बन्धी विभिन्न समस्या अाउन सक्छ। धूमपान गर्ने, धेरै तनाव लिने व्यक्ति र मुटु वा अन्य रोगबाट पीडितहरूमा यसको खतरा धेरै हुन्छ।
जाडोमा स्वास्थ्यमा लापरवाही गर्नाले श्वास फुल्ने, छाती दुख्नेजस्ता लक्षण देखा पर्छन्। यसले हृदयाघातसम्म हुनसक्छ। एकाबिहानै चिसोमा हिँडडुल गर्नु, धेरै चिसो पानी पिउनु, न्यायो कपडा नलगाउनु, धेरै नुनिलो तथा चिल्लो खानेकुरा खानु जाडोयाममा हानिकारक सावित हुनसक्छ।
विशेषतः ४० वर्षभन्दा माथि उमेरका, मोटोपना तथा तनावग्रस्त मानिस जाडोयाममा मुटुरोगको बढी जोखिममा हुन्छन्। उच्च रक्तचाप, दम, मधुमेह र धूमपान तथा मद्यपान गर्ने मानिस पनि उच्च जोखिममा रहन्छन्।
जाडोमा रगत तथा मुटुसम्बन्धी समस्याबाट जोगिन
धेरै चिल्लो तथा नुनिलो खानेकुरा नखाने,
धूमपान तथा मद्यमान नगर्ने,
दिनहुँ अाठ गिलास पानी पिउने,
तनावबाट बच्नका लागि योग गर्ने, तर एक्कासी कडा व्यायाम तथा काम नगर्ने,
रक्तचाप तथा मधुमहेको नियमित जाँच गराउने,
न्यानो कपडा लगाउने, बिहानबिहानै धेरै चिसोमा नहिँड्ने र घाम लागिसकेपछि मात्र निस्किने।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड