अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन बिहीबारदेखि काठमाडौंमा
काठमाडौं : राजधानीमा बिहीबारदेखि नवौँ अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन हुने भएको छ। नेपाल फिजियोथेरापी एसोसिएसनको आयोजनामा सम्मेलन हुन लागको हो।
सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र सिंगापुर लगायतका फिजियोथेरपाीका विशेषज्ञ सहभागी हुने एसोसिएसनका महासचिव समिद कटिला श्रेष्ठले बताए। सम्मेलनमा देश विदेशबाट गरी पाँच सय प्रतिनिधि सहभागी हुनेछन्।
कटिलाका अनुसार यसअघिका सम्मेलनमा फिजियोथेरापिस्ट मात्र सहभागी हुन्थे भने यसपटक डाक्टर, नर्स, स्वास्थ्यकर्मी सबैलाई सहभागी गराइएकाे छ। ‘बिरामीलाई निको पार्न चिकित्सक, नर्स, फिजियोथेरापिस्ट सबैको साझा प्रयास चाहिन्छ’, उनले भने, ‘कुनै व्यक्ति रोग वा चोटपटकबाट अंगभंग भइसकेपछिको पुनःस्थापनामा फिजियोथेरापीको जुन महत्त्व हुन्छ, त्योसँगै नियमित डाक्टरको औषधि र नर्सकाे हेरचाह पनि आवश्यक हुन्छ।’
सम्मेलन फिजियोथेरापीका क्षेत्रमा अन्य देशमा भएका अभ्यास सिक्ने थलो मात्र नभएर एकअर्काकाे ज्ञान, सिप अादानप्रदान गर्न र नयाँनयाँ प्रविधिबारे जानकारी लिन उपयुक्त माध्यम हुने श्रेष्ठले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण