Health TV Online
Health TV Online
Health TV Online

सबै जिल्लामा स्वास्थ्य बिमा

सबै जिल्लामा स्वास्थ्य बिमा

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताएका छन्।

प्रदेश ५ पत्रकार समाजद्वारा आयोजित गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री  ज्ञवालीले अहिले २५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएकाे भन्दै चाँडै नै देशभरका सबै जिल्लामा लागू गर्ने जानकारी दिए।

स्वास्थ्य बिमाले मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन सहयोग पुर्याउने उनले बताए।

कार्यक्रममा मन्त्री ज्ञवालीले बालिका भण्डारी र उनकी आमा लक्ष्मी भण्डारीलाई उपचारका लागि दुबईमा सङ्कलन गरिएको दुई लाख आठ हजार ५०० रूपैयाँ हस्तान्तरण गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार