पाल्पाकाे गेझामा स्वास्थ्य चौकीमा प्रसूति सेवा शुरु
पाल्पा : रामपुर नगरपालिका–१० स्थित गेझा स्वास्थ्य चौकीमा प्रसूति सेवा शुरु भएको छ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले साेमबार सो सेवाको उद्घाटन गर्दै प्रसूति सेवा सुचारु भएसँगै महिलालाई स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराउन सजिलो हुने बताए। सो अवसरमा सुरक्षित गर्भपतन सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र पाठेघरसम्बन्धी अन्य सेवासहित अस्थायी परिवार नियोजन सेवाको शिविर सञ्चालन गरिएको थियो।
शिविरमा यस क्षेत्रका १२५ जना नागरिकले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख विक्रम भण्डारीले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण