प्रसूति केन्द्रमा सुत्केरी हुने बढे
जाजरकोट : छेडागाड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सात सुत्केरी केन्द्र सञ्चालनमा ल्याएको छ। साविकका झार्पा, कार्कीगाउँ, पजारु क, ख, सुवानाउली, दसेरा र साल्मा गाविसमा सुत्केरी केन्द्र निर्माण गरी सेवा प्रदान गरिँदै आएको छ।
छेडागाड नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखाका उपसंयोजक भीमराज सिंहका अनुसार अघिल्लो आर्थिक वर्षमा सुरक्षित रूपमा सुत्केरी गराउनेको संख्या ११६ थियो। चालू आवको चार महीनामा ३५१ महिलाले सुत्केरी केन्द्रमा गई याे सेवा लिएका छन्।
सुत्केरी सेवा लिन आउनेलाई प्रोत्साहनस्वरूप थप एक हजार २०० दिने व्यवस्था गरिएको छ। सुत्केरीलाई स्वास्थ्य संस्थासम्म ल्याउने स्वयंसेविकालाई नगरपालिकाले २०० रूपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्यालय, व्यक्तिगत घरमा खोप सेवा उपलब्ध गराउँदै आएका यहाँका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाले नयाँ ६ खोपकेन्द्र स्थापना भएसँगै खोप सेवा लिनेको सङ्ख्या बढेको छ।
कोही बालबालिका खोपबाट नछुटुन् भनेर नगरपालिकामार्फत सो अभियान सञ्चालन गरिएको नगरप्रमुख लालबहादुर महतराले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’