भद्रपुरमा खाेलियाे अाँखा उपचार केन्द्र
झापा : बिर्तामोडस्थित मेची आँखा अस्पतालले भद्रपुरमा सेवा विस्तार गरेको छ। मेची आँखा अस्पताल संघले भद्रपुर नगरपालिका–५ देवीवस्तीमा स्थापना गरेको भद्रपुर आँखा उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको हो।
२२ वर्षअघि स्थापना भएको मेची आँखा अस्पतालले सेवा बिस्तार गर्ने क्रममा भद्रपुरमा उपचार केन्द्र स्थापना गरेको बताएकाे छ। संघले यसअघि मेची अञ्चल अस्पतालमा सातामा दुई दिन सेवा दिँदै आएको थियो।
सेवा बिस्तार भएपछि दैनिक सेवा उपलब्ध हुनेछ। केन्द्रमा ५५ लाख रुपैयाँमा भवन निर्माण गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण