चितवनमा थपिए १३८ एचआर्इभी सङ्क्रमित
चितवन : जिल्लामा १३८ एचआर्इभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेसनले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका छन् ।
फाउण्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार याे वर्ष सङ्क्रमित १० जनाको मृत्यु भएको छ, जसमध्ये आठ जना पुरुष र दुई जना महिला रहेका छन्। हाल सो कार्यालयबाट एक हजार ६५९ जनाले दर्ता भएका छन् । तीमध्ये ८५३ जनाले एआरभी औषधि खाइरहेको उनले जानकारी दिए। यसमध्ये ३७३ पुरुष, ४०८ महिला र ६९ बालबालिका छन् ।
सन् २०१७ मा १३५ जना नयाँ सङ्क्रमित थपिएका थिए। सन् २००७ मा स्थापना भएको सेन्टरमा यस वर्ष ५६७ जनाको ‘भाइरल लोड’ परीक्षण गरिएको छ भने ६३७ जनाको सिडिफोर गणना गरिएको सापकोटाले बताए।
सेन्टरले यस वर्ष अस्पताल र समुदायमा १३ हजार ३७२ जनाको एचआइभी परीक्षण गरेको थियो । नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमित रहेको अनुमान छ। हालसम्ममा १९ हजार ७०२ जना सम्पर्कमा रहेको सेन्टरले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’