कसरी सर्छ फ्लु? कसलाई बढी खतरा? यसरी बच्नुस्
नाक, घाँटी र कहिलेकाँही फोक्सोमा संक्रमण हुने भाइरसबाट हुने सरुवा रोग हो, फ्लु वा इन्फ्लुएन्जा। फ्लु प्रायः एक व्यक्तिबाट अर्कोमा सर्छ। फ्लु लागेको ३–४ दिनसम्ममा अरुमा सर्ने प्रबल सम्भावना हुन्छ।
सुरुमा थकान, शरीर दुख्ने, कफ, घाँटी दुख्ने र ज्वरो आउने जस्ता लक्षण देखिन्छन्। धेरै जस्तो व्यक्तिमा यो आफैँ निको हुन्छ। यो बिग्रिएमा घातक सावित पनि हुनसक्छ। फ्लुको भाइरस हावाको माध्यमबाट पानीको थोपाको रूपमा सर्छ।
फ्लुको भाइरस खाना, आँखा, नाक र मुखको माध्यमबाट सर्छ। एक व्यक्तिबाट ६ फिट पर रहेको व्यक्तिसम्म फ्लु सर्न सक्छ।
कसलाई बढी खतरा?
पाँच वर्ष मुनिका बालबालिका,
६५ वर्षभन्दा माथिका व्यक्ति,
नर्सिङ होम र अन्य ‘लङ टर्म केयर फ्यासिलिटिज’मा बस्ने व्यक्ति,
गर्भवती महिला,
रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्ति,
दम, मुटुरोग, मिर्गौलाको रोग, कलेजोको रोग र मधुमेह भएका बिरामी।
बढी खतरामा हुने व्यक्तिलाई हुन सक्ने समस्याः
निमोनिया,
ब्रोन्काइटिस,
दम,
साइनस इन्फेक्सन,
मुटुमा समस्या
र, कानमा समस्या।
फ्लुबाट जाेगिन चिकित्सकसँग सल्लाह लिएर भ्याक्सिनको प्रयोग गर्न सकिन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य