‘नियम उल्लंघन गरेर राजीनामा’
काठमाडौं : स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका प्रा.डा. ध्रुवराज अधिकारीले सरुवा भएको ठाउँमा अनिवार्य रूपमा जानुपर्ने नियम उल्लंघन गर्दै राजीनामा दिएको बताएको छ ।
वीर अस्पतालस्थित न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख अधिकारीले ‘चाकडी र घुस रकम पुर्याउन नसकेकाे’ भन्दै साेमबार राजीनामापत्र बुझाएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको खण्डन गर्दै वीरबाट पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सरुवा गरिएका कारण उनले राजीनामा दिएको दाबी गरेको छ।
भनेकै स्थानमा सरुवा गर्न खटाइएको ठाउँमा १ पटक हाजिर गर्नैपर्ने प्रावधानअनुसार आग्रह गर्दा पनि अटेर गरी उल्टै राजीनामा गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गत चैतमा डा. अधिकारी नवौं तहमा बढुवा भएका थिए । बढुवा एवं पदस्थापना भइसकेपछि एकपटक नेपाल सरकारले तोकेको ठाउँमा हाजिर हुन जानै पर्ने प्रचलन रहेको स्वास्थ्य मन्त्रालय स्रोतको तर्क छ। डा. अधिकारी वीर अस्पतालमा लामो समयदेखि कार्यरत थिए। बढुवापछि उनलाई नियमानुसार अर्को ठाउँमा पदस्थापन गरिएको थियो।
डा.अधिकारी ०७४ चैत १८ मा नवौं तहमा नियुक्त भई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन भएकोमा त्यहाँ नगई वीर अस्पतालमा काजमा काम गर्दै आएकाे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
‘निजको नवौँ तहमा नियुक्ति भएको समयमा वीर अस्पतालमा दरबन्दी रिक्त नभएको तर हाल वीर अस्पतालमा निजको पदको दरबन्दी रिक्त भएकाले पदस्थापना भएको कार्यालयमा १ पटक हाजिर भै आएपश्चात मात्र वीर अस्पतालमा सरुवा गर्न नियमानुसार प्रक्रिया पुग्ने हुँदा सोको मौखिक जानकारी बाररम्बार गरिएकोमा उक्त कुराको अवज्ञा गरी राजीनामा दिएको ’, विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति–





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’