तनहुँमा भेटिए डेङ्गु संक्रमित चार जना
दमौली : तनहुँको भीमादमा डेङ्गुका चार बिरामी भेटिएका छन्। नियमित ज्वरो आएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराउन गएका उनीहरूमा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको हो।
डेङ्गुको सङ्क्रमण हुनेमा एकै घरका तीन दाजुभाइ हुन्। भीमाद नगरपालिका–६ का निरोज खनाल, सरोज खनाल र मनोज खनाललाई केही दिनदेखि नियमित ज्वरो आएपछि पोखरास्थित फेवासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डेङ्गु भएको पुष्टि भएको हो। तीनै जना भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनालका छोरा हुन्।
नाम नखुलेका भीमादकै अर्का एक जनालाई पनि डेङ्गु भएको बताइएकाे छ। बिरामीमध्ये निरोज र मनोज फेवासिटीमा उपचारपश्चात् घर फर्किएका छन्। सरोजकाठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत छन्।
भीमाद महोत्सवका लागि तराईबाट रमाइलो मेलाको सामग्री ल्याउने क्रममा सामानसँगै लामखुट्टे पनि भित्रिएको र तिनैले टोकेर डेङ्गु फैलिएकाे आशंका गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण