Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभावित

चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभावित

सल्यान ः चिकित्सक नहुँदा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा प्रभावित भएको छ। दुई साता यता चिकित्सक नहुँदा बिरामीहरू मर्कामा परेका हुन्।

अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टरले शल्यक्रिया सेवा दिँदै आएको थियो। कात्तिक १४ गते डाक्टरको समयावधि सकिएको र अर्को चिकित्सक नभएकाले सेवा प्रभावित भएको स्वास्थ्य कार्यालयका प्रमुख डा.अर्जुन बुढाले बताए।

चिकित्सक अभावमा यस अवधिमा शल्यक्रिया गर्नुपर्ने अवस्थाका २५ जना बिरामी दाङ रिफर गर्नु परेको डा. बुढाले जानकारी दिए। शल्यक्रिया गर्ने चिकित्सकको अभाव हुँदा बिरामीलाई सास्ती खेप्नु परिरहेका उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार