Health TV Online
Health TV Online
Health TV Online

अझै असुरक्षित गर्भपतन गराउँछन् ग्रामीण महिला

अझै असुरक्षित गर्भपतन गराउँछन् ग्रामीण महिला

बाँके : नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ।

जाजरकोट छेडागाड नगरपालिकाकी एक युवतीले आफ्नो तीन महीनाको गर्भपतन गराउन भारतको बहराइच पुगिन्। ती महिला नेपालमा गर्भपतन गराउँदा समाजले थाहा पाउने डरले आफन्तको साथमा भारत पुगेकी हुन्। भारतको एक निजी क्लिनिकमा गर्भपतन गराएर फर्किएपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखापर्यो।

अत्यधिक रक्तश्राव भएपछि उनी फेरि भारत गइन्। उनको गर्भपतन गराउँदा भारतीय चिकित्सकले अत्याधिक महंगाे शुल्क लिए। उनले गर्भपतनका लागि मात्र १५ हजार खर्च गरेको बताइन् ।

भारतमा स्वास्थ्य परीक्षणपछि कात्तिक २७ गते नेपालगञ्ज फर्किएकी ती महिलाले भनिन्, ‘यहाँ गर्भपतन गर्यो भने समाजले थाहा पाउला भन्ने डरले भारत गएकी हुँ।’

उनीजस्ता गाउँका थुप्रै महिला अज्ञानता र समाजको डरका कारण समस्यामा पर्ने गरेका छन्। कानूनी अज्ञानता र चेतनाको अभावका कारण गर्भपतन गराउन भारतका शहर पुग्ने महिलाले त्यहाँ अमानवीय व्यवहारसमेत सहनुपर्छ ।

गर्भपतनपछि अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सल्लाह नपाउँदा कतिपय महिलाको स्वास्थ्य थप जोखिममा पर्ने गरेको छ । नेपालमै सुरक्षित र भरपर्दो गर्भपतनको सुविधा हुँदाहुँदै पनि त्यसको जानकारी नपाएकै कारण ग्रामीण समुदायका महिला खर्चिलो र जोखिमपूर्ण ढङ्गबाट गर्भपतन गराइरहेका छन्।

सुरक्षित गर्भपतनका लागि नेपालका अस्पतालमा एक हजारदेखि एक हजार ५०० सम्म मात्र खर्च लाग्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार