Health TV Online
Health TV Online
Health TV Online

डा. केसी अस्पताल भर्ना

डा. केसी अस्पताल भर्ना

काठमाडौं : डा. गोविन्द केसी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। छातीमा अत्यधिक दुखाइका कारण केसीलाई सोमबार बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।

स्वास्थ्यमा समस्या अाएपछि बिहानै अस्पताल पुगेका डा. केसीलाई चिकित्सकले भर्ना हुनुपर्ने बताए पनि शुरूमा उनले मानेका थिएनन्। उनलाई सीसीयूमा राखेर एक दुई दिन उपचार गर्नुपर्ने भएका कारण भर्ना गरिएको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताए।

पटकपटक गरेर १५ पटकसम्म अनशन बसेका केसी पछिल्लोपटक २७ दिन लामो अनशनमा भएका सहमतिका माग पूरा नभएपछि १६ औँ अनशनको तयारीमा छन्। बढ्दो उमेर र छोटो समयमा पटकपटकको अनशनले गर्दा पछिल्लो समय उनको स्वास्थ्य कमजोर बन्दै गएको बताइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार