नर्भिकलार्इ ‘द बिज अवार्ड’
काठमाडाैं : नर्भिक इन्टरनेसनल हस्पिटललाई एक अन्तर्राष्ट्रिय संस्थाले सम्मान गरेको छ। अमेरिकाको चेम्बर अफ कमर्सकाे एक निकायले नर्भिक ‘दि बिज अवार्ड’ सम्मान दिएको हो।
उक्त सम्मान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीलार्इ प्रदान गरे। दि वर्ल्डकबले उक्त सम्मान पाँचै महादेशका उत्कृष्ट व्यवसायिक संघ संस्था तथा व्यक्तित्वहरूलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आबद्ध बनाउने र सम्मान गर्ने गर्छ।
विश्वव्यापी मूल्य र मान्यतामा आधारित व्यवसायहरूको प्रवर्धन गर्नु, तिनको पहिचान, सम्मान एवंअगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरूको साख अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सन् २००४ मा अमेरिकाको टेक्सासमा दि वर्ल्डकबको स्थापना भएकाे हाे।
विश्वका १२० भन्दा बढी राष्ट्रहरूमा दि वर्ल्ड कबका ३,००० भन्दा बढी सदस्य प्रतिष्ठानहरूको सञ्जाल छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण