Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुर्तीजन्य पदार्थबाट राजस्व उठाएर देशको आर्थिक भार कम हुन्छ भन्नु हाँस्यास्पद कुरा हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ(भिडियाेसहित)

सुर्तीजन्य पदार्थबाट राजस्व उठाएर देशको आर्थिक भार कम हुन्छ भन्नु हाँस्यास्पद कुरा हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ(भिडियाेसहित)

काठमाडौं  : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुर्तीजन्य पदार्थबाट राजस्व उठाएर देशको आर्थिक भार कम हुन्छ भन्नु हाँस्यास्पद भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनको प्रभवकारी कार्यान्वयन विषयको पैरवी बैठकमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बर्सेनि हजारौँ मानिसको मृत्यु गराउने सुर्तीजन्य पदार्थबाट उठेको थोरै राजस्वको लोभमा सरकार लाग्न नहुने बताए। ‘सुर्तीजन्य पदार्थबाट राजस्व उठेको छ भन्नु पापको धन उठाएर पुण्य गर्नुजत्तिकै हो’ उनले भने।

कुनै पनि कानुन जनतालाइ स्वस्थ र सुखी राख्नका लागि बनाइन्छ भने ती कानूनको कार्यान्वयन गर्नु पनि राज्यको प्रमुख दायित्व भएको उनको ठहर थियो। ‘हजारौँ मानिसको मृत्युको प्रमुख कारण बनेको सुर्तीजन्य पदार्थमा पक्षमा न सरकार लाग्न हुन्छ न त न्यायालय नै’, उनले थपे, ‘राज्यले कुनै पनि नराम्रो कुरालाई प्रश्रय दिएर त्यहाँबाट आर्थिक लाभ उठाउनु हुँदैन।’

कानुन कार्यन्वयन गर्न नदिन सुर्ती उद्योगहरुले राजनीतिक तहदेखि विभिन्न निकायमा प्रभाव पार्ने गरेको उनले बताए। ‘छिमेकी देश भुटानले उत्पादन नै रोकेर ‘टोबाको फ्रि’ देश बन्न सक्ने, हामीचाहिँ सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत ढाक्नेगरी चेतावनीमूलक सन्देश राख्न पनि किन अल्मलिने?’ उनले प्रश्न गरे। कानुन आइसेकेकाले सबैले पालना गर्नुको विकल्प नभएको उनको भनाइ छ।

‘हजारौँ मानिसको मृत्युको प्रमुख कारण बनेको सुर्तीजन्य पदार्थमा पक्षमा न सरकार लाग्न हुन्छ न त न्यायालय नै’, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने , ‘राज्यले कुनै पनि नराम्रो कुरालाई प्रश्रय दिएर त्यहाँबाट आर्थिक लाभ उठाउनु हुँदैन।’

सुर्तीजज्य पदार्थ सेवनविरुद्ध सक्रिय रुपमा लाग्दै आएका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रत्येक वर्ष २५ हजार भन्दा बढी नेपाली जनता मार्ने सूर्ती उद्योग नचाहिने जिकिर गरे। ‘जानीजानी नागरिक विष सेवन गर्दैछ भने त्यसलाई बचाउने काम सरकारको हो कि होइन’, उनले प्रश्न गरे, ‘कुनै पनि व्यक्ति वा संस्था सरकारभन्दा माथि हुन्छ र?’सबैले कानुन मान्ने सूर्य टोबाकोले चाहिँ मान्नु नपर्ने? खै कारवाही भएको?

कार्यक्रममा स्वास्थ्य सचिव डा.सुशील प्याकुरेल नसर्ने रोगको लागि ठूलो बजेट खर्च भइरहेको भन्दै यसलाई कम गर्न सर्तीजन्य पदार्थको सेवन घटाउनुको विकल्प नरहेको बताए। उनले स्वास्थ्य मन्त्रालय सुर्तीजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनमा प्रतिबद्ध भएको दाबी गरे।

काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नियम मिच्ने सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई कारबाही गर्ने प्ररतिबद्धता जनाए। ‘सुर्तीजन्य पदार्थ सभ्य समाज बाहिरको कुरा हाे यसलार्इ प्रश्रय दिनेलार्इ हामी छाड्दैनाैँ’, उनले भने।

यसैगरी वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालले जुनसुकै क्यान्सरको पनि प्रमुख कारण सुर्तीजन्य पदार्थ भएकाले यसको ऐन पूर्ण कार्यान्वयन गरी धेरै नेपालीलाई क्यान्सर हुनबाट जोगाउन सकिने बताए। उनले अहिले भइरहेका सुर्तीजन्य पदार्थ मात्र नियन्त्रण गर्ने हो भने अहिले भइरहेको क्यान्सर मध्ये ६० प्रतिशतमा रोग कम गर्न सकिने दावी गरे ।

यसैगरी मुटरोग विशेषज्ञ विशेषज्ञ डा.ओममूर्ति अनिल एक खिल्ली चुरोटले पनि मुटुरोग लाग्नसक्ने भन्दै यसको सेवन रोक्न सबै निकाय लाग्नुपर्ने बताए। ‘जति छिटो चुरोट सेवन शुरु गर्याे त्यति नै छिटो मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ’, उनले भने।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र छाप्दा यसको सेवन कम भएको तथ्य प्रस्तुत गरेका थिए।

हेर्नुहाेस् भिडियाे–

थप समाचार