Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जाडाेमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

जाडाेमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

जाडोको मौसममा रुघाखोकी, ज्वरो, जण्डिस आदि समस्याले सताउँछ। विशेषगरी बालबािलका र वृद्धवृद्धा याे समयमा बढी प्रभावित हुन्छन्। त्यसैले  जाडोबाट बच्न अाफू र बालबालिका र वृद्धवृद्धाका लागि सावधानी अपनाउनुपर्छ।

चिसाेबाट बच्न न्यानाे कपडा लगाउनुका साथै ताताे तथा झाेल पदार्थहरू सेवन गर्नु लाभदायक मानिन्छ। जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै राम्रराे हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनुपर्छ। बच्चाहरूलार्इ धेरै बाक्ला कपडा लगाइिदएर गुम्स्याउँदा पनि पसिना निस्केर त्यसैकाे चिसाेले निमाेिनया हुनसक्छ।

हात, शरीरमा रोग लाग्नुको धेरै मध्ये एक प्रमुख कारण हो। जाडोको समयमा हात धुने वा सफा राख्न अल्छी गरिन्छ। स्वस्थ रहनका लागि बारम्बार हात धुन जरुरी हुन्छ। हात सफा राख्नको लागि ‘स्यानिटाइजर’ को प्रयोग गर्न सकिन्छ। हात धुँदा हतार नगरी कम्तीमा २० सेकेण्ड साबुन पानीले धुनुपर्छ। हात पुछ्नका लागि आफ्नो छुट्टै सफा तौलिया वा ‘टिसु पेपर’को प्रयोग गर्न सकिन्छ। हातले अनावश्यक रूपमा मुख र नाक छुनुहुँदैन।

आफूले प्रयोग गर्ने फोन, कम्प्युटर आदि ‘एन्टिसेप्टिक वाइप्स’को प्रयोग ले नियमित सफा राख्न जरुरी हुन्छ। प्रयोग गरिसकेको टिसु पेपर जस्ता कुराहरु सहि ठाँउमा फाल्नु पर्छ। रुघाखोकी भएका व्यक्तिबाट टाढा बस्ने वा सँगै हुँदा आफ्नो नाक र मुख छोप्ने गर्नुपर्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउन नियमित व्यायाम गर्नुपर्छ। बिरामी भइसकेको छ भने पनि व्यायाम गर्न सकिन्छ। शरीरले आराम पाउन निकै जरुरी हुन्छ। त्यसकारण कम्तीमा ८–१० घण्टा सुत्नुपर्छ। फलफूल र हरियो सागसब्जीले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकोले अरु खानेकुरा भन्दा यी खानेकुरामा जोड दिनुपर्छ। मौसमी फलफूल विशेष गरेर भिटामिन ‘सी’युक्त फलफूलको सेवन धेरै गर्नुपर्छ ।

दूधमा प्रोटिन, भिटामिन ‘ए’, ‘बी १२’, क्याल्सियम हुने भएकाले जाडाेमा यसको सेवन गर्नु उत्तम मानिन्छ। जाडोको समयमा अाँगन, छत वा पार्कमा बसेर घाम ताप्नु पनि स्वास्थ्यका लागि लाभदायी हुन्छ। बन्द कोठाभित्र बसेर आगो वा हिटर ताप्ने गर्नुहुँदैन। राम्रोसँग हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्नुपर्छ।

 

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण