डाक्टर नहुँदा प्रसूति सेवा अवरूद्ध
संखुवासभा : जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ। चिकित्सक अभावका कारण एक सातादेखि सेवा प्रभावित भएको हो।
अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकाे थियाे। एक चिकित्सकको समयावधि सकिएको र अर्को एक बिदामा बसेपछि प्रसूति सेवा प्रभावित भएको हो। दुर्इमध्ये डा. युवराज बस्नेतले दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छोडेका थिए। डा. शैलिका श्रेष्ठ पनि बिदामा छिन्।
यसकारण जिल्लाका विभिन्न स्थान र छिमेकी भोजपुरका उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्किने गरेका छन्। जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार एक चिकित्सकको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक उपलब्ध गराउन अनुरोध गरिए पनि हालसम्म समस्या समाधान भएको छैन।
अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवाको समस्या समाधानका लागि छिटै समितिको बैठक बसेर निर्णयमा पुग्ने बताए।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?