डाक्टर नहुँदा प्रसूति सेवा अवरूद्ध
संखुवासभा : जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ। चिकित्सक अभावका कारण एक सातादेखि सेवा प्रभावित भएको हो।
अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकाे थियाे। एक चिकित्सकको समयावधि सकिएको र अर्को एक बिदामा बसेपछि प्रसूति सेवा प्रभावित भएको हो। दुर्इमध्ये डा. युवराज बस्नेतले दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छोडेका थिए। डा. शैलिका श्रेष्ठ पनि बिदामा छिन्।
यसकारण जिल्लाका विभिन्न स्थान र छिमेकी भोजपुरका उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्किने गरेका छन्। जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार एक चिकित्सकको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक उपलब्ध गराउन अनुरोध गरिए पनि हालसम्म समस्या समाधान भएको छैन।
अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवाको समस्या समाधानका लागि छिटै समितिको बैठक बसेर निर्णयमा पुग्ने बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण