मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं : विश्व मधुमेह दिवसको अवसरमा त्रिवि शिक्षण अस्पतालमा निःशुल्क मधुमेह स्वास्थ्य शिविर आयोजना गरिएको छ।
नेपाल डाइबेटिक एसोसिएसन र त्रिवि शिक्षण अस्पतालको आयोजनामा भएको शिविरमा मधुमेह, स्वस्थ आहार, व्यायाम र मधुमेहबाट हुन सक्ने जटिल अवस्थाको जानकारी दिइएको छ। कार्यक्रममा मधुमेहको जाँच र शरीरको तौल जाँच गरिएको छ।
नेपाल डाइबेटिक एसोसिएसनका डाइटिसियन शिखर दाहालका अनुसार शिविरमा दिनभर करिब एक हजार देखि १२ सय मानिस सेवाका लागि आउने अनुमान छ। शिविरमा क्वीज, जुम्बा नाच सञ्चालन गरिनुका साथै सन्तुलित आहारको योजनालगायत परामर्श प्रदान गरिएकाे छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’