मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं : विश्व मधुमेह दिवसको अवसरमा त्रिवि शिक्षण अस्पतालमा निःशुल्क मधुमेह स्वास्थ्य शिविर आयोजना गरिएको छ।
नेपाल डाइबेटिक एसोसिएसन र त्रिवि शिक्षण अस्पतालको आयोजनामा भएको शिविरमा मधुमेह, स्वस्थ आहार, व्यायाम र मधुमेहबाट हुन सक्ने जटिल अवस्थाको जानकारी दिइएको छ। कार्यक्रममा मधुमेहको जाँच र शरीरको तौल जाँच गरिएको छ।
नेपाल डाइबेटिक एसोसिएसनका डाइटिसियन शिखर दाहालका अनुसार शिविरमा दिनभर करिब एक हजार देखि १२ सय मानिस सेवाका लागि आउने अनुमान छ। शिविरमा क्वीज, जुम्बा नाच सञ्चालन गरिनुका साथै सन्तुलित आहारको योजनालगायत परामर्श प्रदान गरिएकाे छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने