धार्मिक मात्र हाेइन स्वास्थ्यका दृष्टिले यस्ताे महत्त्व छ छठकाे
कार्तिक शुक्ल चतुर्थीमा शुरु हुने छठ विभिन्न विधि अपनाउँदै षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ। विशेषगरी मिथिलाञ्चलमा मनाइने यो पर्वमा विशेष निष्ठाका साथ व्रत बसिन्छ।
छठ पर्वमा जुन विधि अपनाइन्छ त्यसले मानव स्वास्थ्य रक्षामा महत्त्वपूर्ण भूमिका खेल्छ। छठको पूजा गर्न उपवास बसिन्छ। यसरी उपवास बस्दा शरीरलाई हल्का मात्र बनाउँदैन मनसमेत चंगा हुन्छ।
खाना पचाउन जुन शरीरमा शक्ति गइरेहेको हुन्छ त्यसको सञ्चय हुन्छ। उपवासले एकातिर आध्यात्मिक सन्तुष्टि पैदा गर्छ भने अर्कोतिर शरीरमाथि नियन्त्रण बढाउँछ। आत्मशक्ति बढाउँछ।
हाम्रो सनातन परम्परामा सूर्यलाई भगवान् मानेर पूजा गरिन्छ। सूर्यलाई त्यसै पूजा गरिएको होइन। सूर्यबाट पाउने अन्य धेरै लाभ त छँदैछ, हाम्रो शरीरलाई चाहिने भिटामिन ‘डी’ प्राप्त गर्न सक्छौँ। केही खानेकुरामा भिटामिन डी हुने भए पनि खाएर कहिल्यै पनि हाम्रो शरीरलाई पर्याप्त मात्रामा प्राप्त हुँदैन।
विकसित देशहरुमा ‘सन बाथ’ लिनकै लागि लामो विदा लिएर समुद्र किनारमा जाने चलन छ। यो हाम्रो जस्तो बाह्रै महिना घाम लाग्ने मुलुकमा दिनदिनै त्यसै प्राप्त भइरहेको छ। केही समय निकाल्न सकियो भने यसबाट लाभ लिन सकिन्छ।
छठमा प्रयोग हुने केरा, उखु जस्ता विभिन्न थरीका फलफूल पनि स्वास्थ्यका हिसाबले अत्यन्त राम्रो मानिछ तर, तारेका भुटेका र बढी गुलिया मिठाइको प्रयोग गर्दा भने होश पुर्याउनुपर्छ।
स्पार्क हेल्थ होम अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल पौडेलसँगको कुराकानीमा आधारित।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य