विशेषज्ञ अभावमा बलात्कृतको मेडिकल जाँच हुन सकेन
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा विशेषज्ञ चिकित्सक नहुँदा बलात्कृतको मेडिकल जाँच हुन सकेको छैन। दसैँ र तिहारको अवधिमा चार महिला बलात्कृत भए पनि चिकित्सकले जाँच गर्न नमानेको डीएसपी सीताराम रिजालले बताए।
‘विशेषज्ञ नभएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सकले मेडिकल गर्न मान्दैनन्’, डीएसपी रिजालले भने, ‘पीडित र पीडककाे समयमै स्वास्थ्य परीक्षण नहुँदा अनुसन्धान प्रभावित भएकाे छ।’ स्वास्थ्य परीक्षणमा ढिलासुस्ती हुँदा प्रमाण नष्ट हुने खतरा बढेकाे उनले बताए।
जिल्ला प्रहरी कार्यालय जुम्लाले कालिकोट जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाएकोछ। डीएसपी रिजालले विशेषज्ञ चिकित्सक उपलब्ध गराउनका लागि संघीय इकाइमा पत्राचार गरिएको जानकारी दिए।
प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा बलात्कृतको स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित विषयको विशेषज्ञ हुनु पर्ने र त्यस्तो विशेषज्ञ नभए तालिमप्राप्त चिकित्सकले गर्नु पर्ने उल्लेख गरेकोले समस्या भएको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण