नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
बिरामी तथा सर्भाइभरको उल्लेख्य सहभागिता
हेल्थ टिभी अनलाइन : हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको आयोजनामा सम्पन्न नेपाल क्यान्सर सम्मेलन अन्तर्गत क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर नेपालमा पहिलोपटक विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा १०० भन्दा बढी क्यान्सर बिरामी तथा क्यान्सर सर्भाइभरहरूको सहभागिता रहेको थियो।
यस कार्यक्रमलाई सफल बनाउन अस्पतालका अध्यक्ष तथा वरिष्ठ मेडिकल अंकोलोजिष्ट डा सुदीप श्रेष्ठको विशेष भूमिका तथा सक्रिय पहल रहेको थियो। सर्भाइभरका आवाजलाई क्यान्सर उपचार प्रणालीसँग जोड्ने, उनीहरूका अनुभवलाई साझा मञ्च प्रदान गर्ने तथा उपचारपछिको जीवनलाई क्यान्सर हेरचाहको महत्वपूर्ण हिस्साका रूपमा स्थापित गर्ने उद्देश्यमा डा श्रेष्ठको नेतृत्वदायी भूमिका रहेको थियो। डा श्रेष्ठ स्वयं उक्त सत्रका माेडरेटर समेत रहेका थिए।
‘Breaking Barriers, Building Hopes: A Collective Fight Against Cancer’ भन्ने मूल नाराका साथ काठमाडौंस्थित र्याडिसन होटलमा सम्पन्न सम्मेलनको दोस्रो दिन मा ‘Cancer Survivorship’ विषयमा विशेष सत्र सञ्चालन गरिएको थियो। उक्त कार्यक्रम नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा “उपचारको लागि सहयोगी हातहरू’ को सहकार्यमा आयोजना गरिएको हो।
नेपालमा पहिलोपटक क्यान्सर सर्भाइभरहरूको अनुभव, उपचारपछिको जीवन र उनीहरूले भोग्ने सामाजिक, मानसिक तथा आर्थिक चुनौतीलाई केन्द्रमा राखेर यस किसिमको विशेष सत्र आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी १०० भन्दा बढी क्यान्सर बिरामी तथा सर्भाइभरहरूले आफ्नो उपचार यात्रा, संघर्ष, अनुभव र उपचारपछिको जीवनबारे विचार तथा अनुभव आदानप्रदान गरेका थिए।
कार्यक्रमअन्तर्गत “Breast Cancer Survivorship: Illuminating the Journey, Addressing the Unspoken and Forging Paths Forward” विषयमा विशेष प्यानल छलफल गरिएको थियो। उक्त सत्रको अध्यक्षता स्वरुपा श्रेष्ठा तथा डा मुरारी मान श्रेष्ठले गरेका थिए । यसैगरी सहजकर्ता डा सुदीप श्रेष्ठ रहेका थिए ।
प्यानल छलफलमा सर्भाइभर बबी शाक्य, गीता चाैधरी, ज्ञानुमान लामा, प्रमिता खनाल र सुलाेचना श्रेष्ठ सहभागी थिए। त्यसैगरी, शसांक शर्माले ‘From Patient to Advocate: How Survivors Want to Shape the Cancer Care System’ विषयमा प्रस्तुति दिएका थिए।
यसैगरी Dolly Gurung ले ‘Life After Treatment: Survivor’s Perspective on the Journey and How to Overcome Fear of Recurrence: A Silent Burden Survivors Carry’ विषयमा आफ्ना अनुभव प्रस्तुत गरिन्।
Dr. Prabina Shrestha ले ‘Fatigue in Survivorship Care – A Personal Story’ तथा Ms. Sony Baral ले ‘Financial Toxicity : The Hidden Burden of Cancer Care’ विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा उपचारपछि पुनः क्यान्सर हुने डर, उपचारपछिको थकान, आर्थिक भार, मानसिक तथा भावनात्मक चुनौती तथा क्यान्सर उपचार प्रणालीमा सर्भाइभरको भूमिका लगायतका विषयमा गहन छलफल भएको थियो। यस कार्यक्रमले क्यान्सर उपचार केवल रोग निको पार्ने प्रक्रियामा सीमित नभई उपचारपछि बिरामीलाई स्वस्थ, सम्मानजनक र आत्मनिर्भर जीवनतर्फ अघि बढाउन आवश्यक सहयोग र वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको सन्देश दिएको छ।
एक सय भन्दा बढी क्यान्सर बिरामी तथा सर्भाइभरको प्रत्यक्ष सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो। आफ्नो उपचार यात्रा पूरा गरेका सर्भाइभरहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको आवाज सुन्ने, अनुभव साझा गर्ने र भविष्यको क्यान्सर हेरचाह प्रणालीलाई अझ बिरामीकेन्द्रित बनाउने दिशामा कार्यक्रम महत्वपूर्ण पहलका रूपमा रहेको आयोजकको भनाइ छ।
नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा उपचारको लागि सहयोगी हातहरू सँगको सहकार्यमा सम्पन्न यस कार्यक्रमले नेपालमा क्यान्सर सर्भाइभरको भूमिका, उनीहरूको आवाज र उपचारपछिको जीवनलाई क्यान्सर हेरचाहको मूलधारमा ल्याउने दिशामा नयाँ अध्यायको सुरुवात गरेको छ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?